Connect with us
Advertisement

कुस्तीमा संगीतालाई स्वर्ण

Published

on

स्वर्ण पदक विजेता संगीता धामी । तस्बिरः राष्ट्रिय खेलकुद परिषद
जनकपुरः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भएको कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन् । उनले बंगलादेशकी रिमे सर्केरलाई पराजित गरिन् । सागमा कुस्तीतर्फ नेपाली खेलाडीले पाएको यो नै पहिलो स्वर्ण हो ।

महिलाको ५७ केजीमा भने भारतकी सरिता पहिलो भइन् । नेपालकी अम्बिका भण्डारी दोस्रो भइन् । ७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते ।

पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाह पहिलो, श्रीलंकाका निल दोस्रो र नेपालका सुरेश चुनारा तेश्रो भए । पुरुष ७९ केजीमा पाकिस्तानका रेहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कास्य हात पारे । पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए । पुरुष १ सय २५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कास्य जिते ।

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

युरो कपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो

Published

on

फ्रान्सले जारी युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन्।

रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ। समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Continue Reading

Banner

अल्वानियाले गर्‍यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित

Published

on

अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।

त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।

उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।

११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।

Continue Reading

Banner

युरो २०२४ मा स्पेनको सानदार जित

Published

on

तीन पटकको विजेता स्पेनले युरो २०२४ मा सानदार सुरुवात गरेको छ । समूह बीअन्तर्गत शनिबार राति भएको पहिलो खेलमा क्रोएसियालाई ३-० ले पराजित गरेको हो ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल रेको थियो ।

कप्तान अल्भारो मोराटाले खेलको २९औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

ड्यानिए कार्भाहालले पहिलो हाफमा इन्जुरी टाइममा गोल गरेपछि स्पेनले ३-० को अग्रता बनायो ।

क्रोएसियाले दोस्रो हाफमा एक गोल फर्काए पनि भिएरआरले मान्यता दिएन । ८०औं मिनेटमा प्राप्त पेनाल्टीमा क्रोएसियाका ब्रुनो पेट्कोभिचले हानेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोन्सले बचाएका थिए । तर, त्यसबाट रिबाउन्डमा आएको बलमा पेट्कोभिकले ने गोल गरेका थिए । तर उक्त गोलले मान्यता पाएन ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक